यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बोबी’ले प्रिमियर सो सम्पन्न गरेको छ । बुधवार साझ काठमाडौँको कमलपोखरी स्थित कुमारी हलमा एक कार्यक्रम गरी भव्य रेककार्पेट र बाजा सहित प्रिमियर गरिएको थियो । कार्यक्रममा ब्याण्डबाजा सहित कलाकारहरूलाई कार्यक्रममा स्वागत गरिएको थियो । बोबीलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् ।

चलचित्रले उमेश थापा र कविता गुरुङको प्रेम कथा बोल्छ । रोचक त चलचित्रमा यी दुई स्वयम् मुख्य भूमिकामा देखिएका छन् । २० वर्ष अगाडीको प्रेमकथा जसमा अन्तरजातीय प्रेमसम्बन्ध, बिछोडको साथै पारिवारिक कुरालाई चलचित्रमा उठाइएको छ । चाम्स इन्टरटेनमेन्ट र लन्डन आई सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र हेर्ने चलचित्रका कलाकारहरू साथै गायक राजेशपायल राई, अभिनेता रमेश उप्रेती, भद्रगोल का सागर लम्साल, हरिश निरौला, रक्षा श्रेष्ठलगायत सयौँ चलचित्रकर्मीहरुको प्रिमियरमा बाक्लो उपस्थिति थियो । चलचित्र हेरिसके पश्चात् धेरैले उमेश र कविताको प्रेमकथाले भावुक बनाएको बताएका थिए । चलचित्रलाई धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् । आफ्नै कथामा अभिनय गरेका उमेश र कविताको कामलाई धेरैले प्रशंसा गरेका थिए । चलचित्रका कथा नरेश भट्टराईले लेखेका हुन् । चलचित्रमा उमेश र कविताको अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, सुरवीर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ ।