चलचित्र ‘छक्का पन्जा ३’ को गीतको छायाङ्कन सकिएको छ । बर्सातको बाबजुद करिब एक साता लगाएर चलचित्रको सम्पूर्ण छायाङ्कन शनिवार सकिएको हो ।
उक्त गीतमा करिब एक दर्जन बढी कलाकारको नृतय रहेको छ । ‘पहिलो नम्बरमा’ बोलको गीत गोकर्ण र नर्लिन रिसोर्टमा खिचिएको थियो । भिडियोलाई सदाझैँ कविराज गहतराजले कारियोग्राफी गरेका छन् । गीतमा चलचित्रका मुख्य कलाकारहरू दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत बुद्धि तामाङ, स्वस्तिमा खड्का, सुमन गिरी भान्जा र संजोग कोइरालाको नृत्य रहेको छ ।
गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको सङ्गीत रहेको छ भने डेभिड शङ्कर र विन्दु परियारको स्वर रहेको छ । गीतलाई पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले खिचेको छ । दीपक–दीपाको अनुसार छक्का पन्जा युनिटको सबै भन्दा महँगो गीत यही हो । यो गीतको छायाङ्कनको लागीमात्र करिब १८ लाख खर्च भएको उनीहरू बताउँछन् ।