अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बाँध मायाले’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा आर्यन र सृष्टि बिचको प्रेम, बिछोड, रोदन र एक्शनलाई देखाइएको छ । चलचित्रमा यी दुईको जोडी निकै लोभ लाग्दो देखाइएको छ ।
चलचित्र बाँध मायालेलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । रामहरि धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा बनेको चलचित्रबाट किशोर खड्का नव नायकको रूपमा डेव्यु गर्दै छन् । अर्जुन पोखरेलको सङ्गीत रहेको चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रमा छायाङ्कन बाबु श्रेष्ठ र द्धन्द्ध निर्देशन रोशन श्रेष्ठको रहेको छ । असोज ५ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा आर्यन र सृष्टि र किशोरको अलावा राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।