अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘रामकहानी’ यही भदौ २२ गतेबाट प्रदर्शनमा आउँदै छ । चलचित्रको एक गीत सार्वजनिक भइसकेको छ । जसमा पूजा र आकाशको जोडीलाई दर्शकले रुचाएका छन् । पूजा र आकाश पहिलो पटक रामकहानी मार्फत एकसाथ देखिँदै छन् ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई लिएर पूजा निकै उत्साहित भएको बताउँछिन् । ‘यो पटक केही फरक छ चलचित्र । दर्शकले आकाश र मेरो जोडीलाई रुचाइदिनु हुन्छ भन्ने आस छ । ’ पूजा भन्छिन् । आकाशलाई पनि पूजासँग काम गर्नु र रामकहानीसँग जोडिनुमा आफू भाग्यमानी सझन्छन् ।