चलचित्र ‘१२ मासे’को ट्रेलर सार्वजनिक भएको छ । मङ्गलवार राजधानीमा आयोजित एक कार्यक्रमबिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । प्रदीप पाठकको लेखन र निर्माण रहेको चलचित्रमा जयकिशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनीका बास्तोला लगायतको अभिनय रहेको छ ।चलचित्र १२ मासेलाई लय संग्रौलाले निर्देशन गरेका हुन् । यही आउँदो भदौ १ गतेबाट प्रदर्शन हुने चलचित्रको छायाङ्कन वासु न्यौपानेले गरेका हुन् भने सम्पादन अनन्त घिमिरेको रहेको छ । चलचित्रमा अर्जुन पोखरेल र कल्याण सिंहको सङ्गीत रहेको छ । केही समय अघि चलचित्रको एक गीत सार्वजनिक भइसकेको छ ।