नेपालमा नै पहिलो पटक १ बर्षको फिल्म मेकिङ अध्यापन गराउने एभरेष्ट फिल्म एकेडेमीले आफ्नो पहिलो दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमबाट ५५ जना विद्यार्थी विभिन्न विधामा दिक्षित भएका थिए ।

everest film academy

कार्यक्रममा संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटा प्रमुख अतिथीको रुपमा रहेका थिए भने पूर्व प्रधान सेनापती रुक्माङ्गद कटवाल, अभिनेता भुवन केसी, सरोज खनाल, विल्सन विक्रम राई, टिका पहारी, दशरथ गिरी लगायत नेपाली फिल्म क्षेत्रका अन्य बिशेष ब्यक्तित्वहरुको पनि उपस्थिती रहेको थियो ।

everest film academy

दिक्षान्त कार्यक्रममा विद्यार्थीहरुलाई प्रोत्साहन होस् भन्ने हेतुले विभिन्न विधामा वर्ष विद्यार्थी पनि घोषणा गरिएको थियो । पहिलो ब्याचबाट अभिनय बिधामा सन्तोष बोहोरा, डाइरेक्सनमा सोजल भण्डारी र लोटे छेमबाल गुरुङ, सिनेमेट्रोग्राफीमा सुजय गौतम र इडिटिङमा बिराज भण्डारी वर्ष विद्यार्थीको रुपमा पुरस्कृत भए । यस्तै दोस्रो ब्याचबाट अभिनय बिधामा अर्पन तामाङ, डाइरेक्सन बिधामा सुजित सौगत्, सिनेमेट्रोग्राफी बिधामा शान्ति देब पुरि, रन्जित बिश्र र सँगम थुलुङ राई र इडिटिङ बिधामा बिकेस प्रजापती वर्ष विद्यार्थीको रुपमा पुरस्कृत भए । साथै विद्यार्थी मध्यबाट अजय जोशी, बिनोद राई, उमेश थापा, किरण न्यौपाने, सशी कान्थ नाथ र मिम बहादुर गुरुङलाई बिशेष पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

everest film academy

सोही कार्यक्रममा बोल्दै एभरेष्ट फिल्म एकेडेमीका अध्यक्ष एबम कलाकार सुनिल थापाले यि विद्यार्थी सिनेमाको भबिष्य रहेको र आफुले सिनेमा क्षेत्र निकै उज्यालो देखेको बताउनुभयो । यस्तै एभरेष्ट फिल्म एकेडेमीबाट दिक्षित विद्यार्थीहरुलाई अझै एकेडेमीसँग जोडी रहनका साथै थप प्रोत्साहित गर्नका लागि एभरेष्ट फिल्म सोसाइटीको पनि स्थापना घोषणा गरिएको थियो ।