क्रिकेटर सन्दिप लामिछानेको स्वरमा रहेको ‘उदास थियो’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । विनोद तिमिल्सिनाको शब्द र सन्दिप स्वयंमको सङ्गीत रहेको गीतको भिडियोमा जीवन भट्टराई र सृष्टि खड्काको अभिनय रहेको छ ।
भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा अर्जुन तिवारीको छायाङ्कन तथा विकाश दाहालको सम्पादन रहेको छ ।