चलचित्र ‘पण्डित बाजेको लौरी’को प्रिमियर सो सम्पन्न भएको छ । बुधवार चावहिल स्थित केएल टावरमा आयोजना गरिएको प्रिमियर सोमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । विशेष गरी चलचित्रले उठाएको विषयवस्तु र कलाकारको अभिनयलाई धेरैले रुचाएका छन् ।
नेपाली समाजमा विद्यमान रहेको वादी प्रथा र पण्डितत्याँईं परम्परालाई मुख्य कथावस्तु बनाइएको छ. चलचित्रमा वादी महिलाको पात्रमा अभिनेत्री सन्ध्या केसी प्रस्तुत भएकी छिन् । उनको भूमिकालाई धेरैले रुचाएका छन् । यौन कर्ममा लाग्ने वादी महिला र मादल बजाएर र माछा मारेर जिविकोपार्जन गर्ने वादी पुरुषको पिडा र त्यसमा अन्य व्यक्तिले उठाउने फाइदालाई चलचित्रमा चित्रित गरिएको छ ।
चलचित्रमा पण्डित बाजेको रूपमा कलाकार प्रविन खड्का प्रस्तुत भएका छन् भने अभिनेत्री मरिश्का पोख्रेल उनको प्रेमिकाको भूमिकामा प्रस्तुत भएकी छिन् ।चलचित्रमा यी कलाकारको साथमा भोलाजराज सापकोटा, प्रमोद अग्रहरी, कुलदीप अधिकारी, अनुपमा भण्डारी, लोकेन्द्र लेखक लगायतको अभिनय छ ।