यही आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउनमा लागेको चलचित्र ’ब्ल्याक’को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक ’तिम्रो लागी’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार आँचल शर्मा र आकाश श्रेष्ठ फिचर छन् ।
सार्वजनिक गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ भने संगीत महेश खड्काको रहेको छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
लभस्टोरी जनरामा बनेको चलचित्रलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन् ।
चलचित्रलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । मौनता श्रेष्ठको कथा रहेको चलचित्रमा आकाश र आँचलको साथमा आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य र प्रिया रिजालको मुख्य भूमिका रहेको छ । रामशरण उप्रेतीको छायाङ्कन रहेको चलचित्रलाई सम्पादन अर्जुन जिसीले गरेका हुन् । चेतनकुमार पाण्डे चलचित्रका कार्यकारी निर्माता हुन् ।