पछिल्लो समय युवापुस्तामा ‘म्युजिक्कली’को क्रेज बढ्दो छ । यसै भित्र चर्चित रहेकी रेश्मा घिमिरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । रेश्माको म्युजिक्कलीमा करिब ४ लाख बढी फ्यान फलोइङ रहेको छ । ‘यो साइनो मायाको’बाट सिनेमा नगरीमा डेव्यु गरेकी रेश्माको पहिलो म्युजिक भिडियो ‘झिम झिम गर्ने परेली’ हालै युट्युबमा सार्वजनिक भएको हो । उक्त गीतमा सागर राजको शब्द, स्वर, सङ्गीत र निर्देशन रहेको छ ।