चलचित्र प्रेमगीतबाट चर्चामा आएकी नायिका हुन् पूजा शर्मा । प्रेमगीत यता पूजा दर्शक माझ लोक प्रिय छिन् । चलचित्र रिलिज हुँदा होस या कन्ट्रोभर्सीले भएता पनि मिडियामा प्राय पूजा छाइरहेकी हुन्छिन् । पूजाको निर्माणमा रहेको दोस्रो चलचित्र ‘रामकहानी’ यही भदौ २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।
रामकहानीमा पूजाको अपोजिट नायक आकाश श्रेष्ठ देखिन्दैछन् । प्राय चलचित्रहरूमा पूजा आफ्नो को एक्टरहरुसँग नजिक नै हुने गर्छिन् । तर बिडम्बमा चलचित्र रिलिज पश्चात् ती नायकहरूसँग पूजाको सम्बन्ध खासै राम्रो हुँदैन । जुन उदाहरण पूजाका अघिल्ला नायक प्रदीप खड्का र पल शाह हुन् । तर पछिल्लो समय पूजाको निकटता नायक आकाश श्रेष्ठसँग निकै छ । अन्तरवार्ताहरूमा पनि पूजा आकाशको निकै तारिफ गर्ने गर्छिन् । आकाश जस्तो को–एक्टर पहिलो चोटि पाएको पूजा बताउने गर्छिन् । त्यस्तै आकाश पनि पूजाको तारिफ गरेर थाक्दैनन् ।
शनिवारको ‘रामकाहनी’को फोटोसुटमा पूजा र आकाश राम र सिता बनेको थिए । फोटोसुटको क्रममा मिडियासँग अन्तर्क्रिया गर्दै गर्दा पूजालाई पत्रकारले ‘रामकाहनी रिलिज पश्चात् आकाशलाई मिस गर्नु हुन्छ ?’ भन्ने प्रश्नमा उनी रोएकी थिइन् । अघिल्ला नायकहरूले चलचित्र रिलिज पश्चात् सम्पर्कमा नरहेको कारण पूजाले सो प्रश्न सोधिएको थियो । त्यही कारण हुन सक्न पूजाले आफूलाई समाल्नै सकिन्न । यता आकाश अघिल्ला नायकहरू आफू नरहने भन्दै पूजालाई समालेका थिए । हेर्नुस् भिडियो :