चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को नयाँ गीत सार्वजनिक भएको छ । अभिनेत्री साम्राज्ञी शाह र नव–नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्रको पहिलो गीत सार्वजनिक भएको हो । बुधवार युट्युबमार्फत सार्वजनिक गरिएको उडायो हावाले बोलको गीतमा हर्कुलेस बस्नेत र निकिता थापाको स्वर रहेको छ । लन्डनमा छायाङ्कन गरिएको गीतमा साम्राज्ञी र धिरजको जोडीलाई निकै सुन्दर देखिएको छ ।
चलचित्र इन्टु मिन्टु लण्डनमालाई चर्चित कोरियोग्राफर रेनशा बान्तवा राईले निर्देशन गरेकी हुन् । उनको यो डेव्यु निर्देशकीय चलचित्र हो । चलचित्रलाई प्रभु शमशेर जबरा, प्रज्ज्वल शमशेर जबराले निर्माण गरेका हुन् । चलचित्र यही असोज ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।