चलचित्र ‘सुश्री सम्पत्ति’को ‘हुकुम बक्सियोस्’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा मेलिना राई र विशाल राईको स्वर रहेको छ भने गीतमा सुरेश अधिकारीको शब्द तथा सङ्गीत रहेको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरू सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने फिचर छन् ।

गीतमा राजारानीको भेषभुषामा सारा, सलोन र विनोद प्रस्तुत भएका छन् । गीतलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् । 

चलचित्र सुश्री सम्पत्तिलाई रंगपत्रकार सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । चलचित्रमा निर्माताको रूपमा रमेश त्वयना, विज्ञान राई, नुनम सुब्बा, रमन शिल्पाकार रहेका छन् । चलचित्रमा शिवराम श्रेष्ठको छायाङ्कन छ भने भरत रेग्मीले भिडियोको सम्पादन गरेका हुन् ।