नयाँ फिल्म ‘रेनी’ भदौ ८ गतेदेखि प्रदर्शन हुने भएको छ । त्रिकोणात्मक प्रेम कथानक फिल्मको प्रदर्शन मितिसँगै फस्ट लुक पोस्टर सार्वजनिक गरिएको हो । 
बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको फिल्ममा सरोज खनाल, सुरवीर पण्डित (दारी बा), दीपक ढकाल, गिरिश रिजाल (समीप) का साथमा नव नायिका सनम मल्ल प्रमुख भूमिकामा छन् । गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको फिल्मको स्क्रिप्ट नव नायिका सनमले लेखेकी हुन् । 
काठमाडौँ उपत्यका तथा कुलेखानी खिचिएको फिल्म एक्शन,लभ,कमेडीका साथै सामाजिक सन्देशयुक्त भएको निर्मात्री बिमला बताउँछिन् । जय राम थापाले खिचेको फिल्मका गीतमा विनोद खुम्बु र पुष्कर सुनुवारको सङ्गीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको फिल्मलाई गोविन्द शाहीले वितरण गर्दै छन् ।