पछिल्लो समय चलचित्र मकेरहरु चलचित्र प्रमोसनको लागी विभिन्न फन्डा अपनाउने गरेका छन् । यस्तै चलचित्र ‘राम कहानी’ टिमले आफ्नो प्रचार प्रसारको लागी नयाँ  उपाय अपनाएको छ । आउँदो भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र रामकहानीले काठमाडौँका केही रेस्टुरेन्ट र होटलहरुमा फ्रि वाइफाईको व्यवस्था मिलाएको छ । अहिले रेस्टुरेन्ट र होटलमा पुगेर मानिसले खोज्ने पहिलो कुरा, वाइफाई र त्यसको पासवर्ड नै हो ।काठमाण्डौका केही रेस्टुरेन्ट र होटलमा तपाइले वाइफाइको यूजर नेम र पासवर्ड माग्दा ‘राम कहानी’ पाउनुहुनेछ ।

निर्देशक सुदर्शन थापाले रेस्टुरेन्ट र होटल पुग्ने ग्राहकले पासवर्ड माग्दा वेटरले ‘राम कहानी’ दिने बताए । यसले, दर्शकलाई चलचित्रको विषयमा कौतुहलता हुने उनको विश्वास छ ।पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र अहिले चर्चामा छ ।