चलचित्र ‘कायरा’को नयाँ गीत सार्वजनिक भएको छ । ‘यो त माया हो’ बोलको गीत बिहीबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा नरेश भट्टराईको शब्द, कल्याण सिंहको सङ्गीत रहेको छ भने स्वर सुगम पोखरेल र श्रेया सोताङको रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकारद्धय अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको जोडी फिचर छन् । 

चलचित्र ‘कायरा’लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । यही आउने साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र चलचित्रलाई आर्यन सिग्देलले निर्माण गरेका हुन् ।समपुर्ण छायाङ्कन फिलिपिन्समा गरिएको चलचित्रमा आर्यन र साम्राज्ञीको अलावा शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिशा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । 
अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी शाहसँग गरिएको कुराकानी :