सिनेमा नगरीमा चर्चित रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक महेश काफ्लेको आवाजमा रहेको ‘नाच फिरिरि..’ बोलको भिडियोमा निश्चल र स्वस्तिमा पहिलो पटक एकसाथ देखिएका हुन् । गीतमा शब्द तथा सङ्गीत गायक काफ्ले स्वयंमको हो । गतिको सङ्गीत संयोजन भने रिकेश गुरुङको रहेको छ । गीतमा महेशलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । 

पोखरामा छायाङ्कन गरिएको भिडियोलाई निश्चल स्वयंमले निर्देशन गरेका हुन् । भिडियोमा निश्चल र स्वस्तिमालाई पोखराको चर्चित नृत्य समूह क्रिस्टल क्लज डान्स क्रु र कलाकार प्रकाश घिमिरेले साथ दिएका छन् । भिडियोमा शिवराम श्रेष्ठ र सुरज श्रेष्ठको छायाङ्कन रहेको छ भने भिडियोको सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।