यही साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कायरा’ले चलचित्रको प्रमोसनलाई तीव्र बनाएको छ । चलचित्रका मुख्य कलाकारद्धय आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह यति बेला प्रमोसनको लागी देश दौडहामा छन् । केही दिन अघि पोखरा पुगेको यो जोडी सोमबार चितवन पुगेको थियो । चितवनमा पुगेर आर्यन र साम्राज्ञीले कलेजमा प्रमोसनमा गरेका थिए ।

‘कायरा’ प्रमोसनको लागी चितवन पुगे आर्यन र साम्राज्ञी

दर्शकहरूसँग साक्षत्कार गरेसँगै चितवनमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा अभिनेता आर्यन सिग्देल बोल्दै चलचित्रको छायाङ्कन फिलिपिन्समा गर्नुको कारण बताए । उनी भन्छन् ‘मैले मायामा सङ्घर्ष गरेर पनि असफल पात्रको भूमिका निभाएको छु । मायामा प्रायः असफल भएपछि यो ठाउँ र यो ठाउँसँग बसेको मायाबाट भाग्नका लागि ऊ नेपालबाट काहीँ जानु पर्ने हुन्छ । त्यसैका लागि ऊ फिलिपिन्स जान्छ । फिलिपिन्स नै जानु पर्ने थिएन तर दर्शकलाई फ्रेस लोकेशन दिऊँ भन्नका लागि गएका हौँ ।’बनिरहेको लभ स्टोरी भन्दा भिन्न रूपमा चलचित्र निर्माण भएको निर्माण टिमले बताउँदै आएको छ। चितवनमा पत्रकार भेटघाटको साथमा कलेज पुगेर विद्ययार्थी सँग अन्तर्क्रिया समेत गरेको छ।
लक्ष्मण रिजालको निर्देशनमा तयार भएको चलचित्रमा आर्यन र साम्राज्ञीको साथमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ।