आज शुक्रवार नेपाली सिनेमा हलमा दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । यो साता दुई भिन्न जनराका चलचित्र ‘कायरा’ र ‘झमकबहादुर’ प्रदर्शनमा आएका छन् ।
चलचित्र ‘कायरा’ लभ स्टोरी चलचित्र हो । अभिनेता आर्यन सिग्देलको होम प्रोडक्सन चलचित्र ‘कायरा’मा आर्यनको साथमा पछिल्लो समयकी चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको छ । पहिलो पटक एकसाथ चलचित्रमा देखिएका आर्यन र साम्राज्ञीको जोडी दर्शकको लागी विशेष छ । सम्पूर्ण छायाङ्कन फिलिपिन्समा गरिएको चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् भने निर्माण पनि उनैको रहेको छ । चलचित्रमा आर्यन र साम्राज्ञीको अलावा शिशिर राना, हितेश शर्मा, सुरेश न्यौपाने, मरिसा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
त्यस्तै आजबाट कमेडी जनरामा निर्माण भएको चलचित्र ‘झमकबहादुर’ प्रदर्शनमा आएको छ । झमकबहादुरमा अभिनेता अनुप बिक्रम शाही शिर्ष भूमिकामा देखिएका छन् । यो चलचित्रको ट्रेलर रिलिज भएसँगै बलिउड चलचित्र ‘मुम्बई एक्सप्रेस’को कपि गरिएको आरोप लगाइएको थियो । तर निर्माण पक्षले भने सो आरोपको खण्डन गर्दै कपि नगरिएको बताएका थिए । चलचित्रलाई भोमक कटुवालले निर्देशन गरेका हुन् । यो चलचित्रमा अनुपबिक्रमको अलावा यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिन कुमार तामाङ, नियोना गुरुङ, राजन महर्जन, कल्यान अधिकारी, कोनिका घिमिरे, सान्त प्रसाद श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
.