गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘कायरा’ले सुखद सुरुवात गरेको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र देशभरको करिब ८० हलहरू एकसाथ प्रदर्शनमा आएको थियो । चलचित्रले पहिलो दिन मोफसलबाट करिब करिब १४ लाख ९६ हजार ७ सय ३२ रुपैयाँको व्यापार गरेको छ भने उपत्यका भित्र १७ लाख ६८ हजार ८ सय ६२ रुपैयाँ कलेक्सन गरेको छ । यसरी हेर्ने हो भने चलचित्रले पहिलो दिन कुल ३४ लाख ६५ हजार ५ सय ९४ रुपैयाँ कलेक्सन गरेको छ । चलचित्रले पहिलो दिनको अकुपेन्सी सुखद रहेको वितरक सुनिल मानन्धरले जानकारी दिएका छन् । त्यस्तै वितरक मानन्धरको अनुसार शनिवार वर्षाका बाबजुद पनि देशभरका बिहानी सोहरू ९० प्रतिशत अकुपेन्सी कायम गर्ने सफल रहेको जानकारी दिए ।
चलचित्र कायरलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । चलचित्रमा साम्राज्ञी र आर्यनको अलावा शिशिर राना, हितेश शर्मा, सुरेश न्यौपाने, मरिषा श्रेष्ठको अभिनय रहेको छ ।