वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदीको निर्देशनमा चलचित्र ‘बकम्फुसे राजा’ बन्ने भएको छ । शनिवार राजधानीमा आफ्नो जन्मदिनको अवसर पारेर चलचित्रको निर्माण घोषणा गरिएको थिए । जन्मदिनमा चलचित्र निर्माण घोषणासँगै नयाँ ब्यानरको शुभारम्भ गरिएको छ । सुवेदी फिल्मस्को ब्यानरबाट बन्ने चलचित्रमा लगानी अस्ट्रेलियामा बसोबास गरिरहेका गणेश सुवेदी गर्दै छन् । चलचित्र कमेडी जनराको बन्ने निर्देशक सुवेदीले जानकारी दिए । पत्रकारितामा करिब करिब तीन दशक बिताइसकेका प्रकाश सुवेदीले यसअघि ‘हर्के हवल्दार’, ‘रिसानी माफ पाउँ’ लगायतका केही टेलिफिल्महरुलाई निर्देशन गरिसकेका छन् । यो चलचित्रमा छायाङ्कन विष्णु कल्पितको रहने छ भने सङ्गीत अर्जुन पोखरेलको रहने छ । त्यस्तै चलचित्रमा कथा सुनिल श्रेष्ठको रहने छ । चलचित्रमा कलाकारहरू को रहनेछन् भन्ने खुलाइएको छैन तर बुझिए अनुसार चलचित्रमा अभिनेत्री वर्षा राउत मुख्य भूमिकामा देखिँदै छिन् भने कलाकार विल्सन विक्रम राई पनि यसमा चलचित्रमा मुख्य भूमिकामा देखिन्दैछन् ।यो चलचित्रको अधिकांश छायाङ्कन भारतमा हुन् बताइएको छ ।