नेपालमा पहिलो पटक भित्र्याइएको चर्चित अन्तराष्ट्रिय फ्रेन्चाइज शो ‘बुगी वुगी’ को उपाधी सर्लाहीको कविता नेपालीले जितेकी छिन् । एपी वान टेलिभिजनबाट प्रसारित उक्त रियालिटी सो बुगी बुगीको सनिबार फिनाले रहेको थियो । दर्शकले दिएको भोटको आधारमा सनिबार कविता नेपालमा पहिलो बुगी वुगी विनर घोषणा भएकी हुन् । १८ बर्षिया कविताले २५ लाख नगद पुरस्कार प्राप्त गर्न सफल भइन् ।

त्यस्तै पोखराकी प्रगती पुन दोस्रो भइन् । उनले ६ लाख नगद पुरस्कार प्राप्त गरेकी छिन् भने सरोज मोक्तान तेस्रो भएका छन् । उनले ४ लाख नगद पुरस्कार जित्न सफल भए । बिगत ८ महिना देखि भइरहेको बुगी वुगीमा अनलाइन अडिसनमार्फत तीन हजार सहभागी भएका थिए । जसमध्य दोस्रो र तेस्रो राउण्ड गर्दै १८ प्रतियोगी छानिएको थियो । जसमा पनि कविता, प्रगती र सरोज टप ३ मा पुगेका हुन् । यो रियालिटी सोमा निणार्यकको रुपमा अभिनेत्री प्रियंका कार्की, अभिनेता दिलिप रायमाझी, कोरियोग्राफर कविराज गहतराज रहेका थिए ।