गत शत्रुबार देखि मण्डला नाटकघरमा नयाँ नाटक ‘सकेको तिरौला नत्र फिरिमा..’ मच्चन भइरहेको छ । प्रसिद्ध इटालियन नाटककार डारियो फोको नाटक ‘कान्ट पे?बन्ट पे!’ बाट अनुवादित उ यो नाटकलाई विकास जोशीले निर्देशन र नेपालीमा अनुवादन गरेका हुन् । समाजका हाल भइरहेको समसामयिक सामाजिक र राजनैतिक अवस्थालाई केन्द्रमा राखरेर ‘सके तिरौला नसके फिरिमा’ नाटक तयार भएको छ । नाटकमा दैनिक जीवनमा मानिसले भोग्न परिरहेको हैरानी र आक्रोशलाई देखाउन खोजिएको छ ।नाटकले अझ विशेष करप्रणाली र बजारको मूल्यवृद्धिको कारण श्रमजीवी ट्याक्सी चालक र उनको परिवारले भोग्नु परेको दुखलाई व्यङग्यात्मक तरिकाले प्रस्तुत गरिएको छ । यो नाटकमा सरिता गिरी, प्रमिला खनाल, अनुपम शर्मा, विजय बराल , उमेश तामाङको अभिनय रहेको छ । यही साउन १८ गतेबाट मच्चन भइरहेको नाटक भदौ १० गते सम्म अनामनगर स्थित मण्डला थिएटरमा मच्चन हुनेछ । नाटक सोमबार बाहेक हरेक दिन ५ः३० मा सुरु हुने छ भने शनिवार १ बजे पनि अतिरिक्त सो रहेको छ ।