छायाङ्कनको नै सुरु नभएको चलचित्र ‘ए मेरो हजुर ३’को रिलिज मिति भने घोषणा भएको छ । अभिनेता अनमोल केसी र नव–नायिका सुहानी थापाको मुख्य भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ३’ चैत्र २९ गते प्रदर्शन हुने भएको छ । चलचित्रकी निर्देशक झरना थापाले केही दिन अघि सामाजिक सञ्जालमार्फत रिलिज मिति घोषणा गरेकी हुन् । अभिनेत्री झरना थापाको निर्देशनमा रहेको पहिलो चलचित्र ‘ए मेरो हजुर २’ सफल भएको थियो । उक्त चलचित्रमा झरनाले नायक सलिनमान बनियाँलाई डेव्यु गराएकी थिइन् । यस पटक झरना आफ्नो छोरी सुहानीलाई अनमोलको साथमा डेव्यु गराउँदै छिन् ।

झरनाको अनुसार चलचित्रको छायाङ्कन असोज ५ गतेबाट सुरु हुने छ । हाल अनमोल आफ्नो नयाँ चलचित्र ‘क्याप्टेन’को छायाङ्कनमा व्यस्त छन् । चलचित्र ए मेरो हजुर ३ लाई सुनिलकुमार थापाले निर्माण गर्दै छन् ।