नेपाली महिलाहरूको महान् चार्डको उपमा पाएको तीजको अर्को पक्ष भनेको गीत सङ्गीत हो । यसैलाई लक्षित गरि विभिन्न स्रजकहरुले तीज गीतहरू बजारमा ल्याइ रहेका छन् यति बेला । यसै मेसोमा सञ्चारकर्मी गीता अधिकारीको ‘यतै घमाइलो उतै घमाइलो’ तीज गीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी मिलापको प्रस्तुति रहेको तीज गीत ‘यतै घमाइलो उतै घमाइलो’ सार्वजनिक गरिएको हो ।
नेपालको पहिलो नायिका भुवन चन्द, नेपालको पहिलो रङ्गीन चलचित्रको नायिका चैत्यदेवी, हास्य सम्राज्ञी बसुन्धरा भुसाल, नायिका रुपा राना, सारिका घिमिरेलगायतकाको अभिनय रहेको ‘यतै घमाइलो उतै घमाइलो’ तीज गीतको भिडियो सार्वजनिक भएको हो ।
सारिका घिमिरेको स्वरमा रहेको गीतमा दीपक शर्माको सङ्गीत, सुदिप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनि मिश्रण रहेको गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन भने वीरेन्द्र भाट ‘विपिन’को छायाँकन÷सम्पादन रहेको छ । भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन, राम सिंह भाटको सह सम्पादन, विनोद दाहालको श्रृङ्गार, गीता तामाङको केश सञ्जा रहेको छ ।