बिजुली सट भएर हेटौँड स्थित ‘ओ म्याक्स’ सिनेमा हलमा आगलागी भएको छ । बुधवार बिहान करिब १० बजे तिर लागेको आगलागीमा करिब २ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीको कारण हलको भित्री भाग पूर्ण रूपमा क्षति भएको बताइएको छ ।
निर्माता नरेन्द्र महर्जनको सञ्चालनमा रहको हलमा हाल मर्मत कार्य भइरहेको थियो । हाल हल सञ्चालन नभएको कारण मानवीय क्षति भने नभएको त्यहाँका स्थानीय प्रहरीले बताए ।