आकाश श्रेष्ठ र आँचल शर्मा स्टारर फिल्म ’ब्ल्याक’ले यतिबेला प्रचारलाई तिब्रता दिइरहेको छ । मोफसलका मुख्य स्टेशन केन्द्रित प्रचार अभियान बोकेर कलाकार सहितको निर्माण टिम यतिबेला पुर्बी नेपालमा छ ।अभिनेत्री आँचलले ’ब्ल्याक’ आफुले यसअघि गरेका फिल्म भन्दा भिन्न रहेको भन्दै आफ्नो पुस्ताका सबै दर्शकको प्रतिनिधित्व फिल्मले गरेको दाबी गरिन् । बच्चादेखि बृद्धसम्म सबैलाई समेट्ने किसिमको कथा फिल्मले बोकेको भन्दै पछिल्लो पुस्ताका युवाहरुको जीवन कसरी अन्धकारमा पर्छ र त्यसलाई उज्यालोतर्फ डोर्याउँदा आइपर्ने अनेकन परिस्थितीको वरीपरी फिल्म घुमेको उनको तर्क छ ।

उता केहि समयको अन्तरमा पर्दामा आउँदै गरेका अभिनेता आकाशले युवाहरुको लभस्टोरीदेखि दैनिक जीवन भोगाइको केहि फरक परिवेश फिल्मले बोल्ने भन्दै पृथक स्वादको प्रेमको आभाष ’ब्ल्याक’ले दिलाउने बताए ।रिलिज नजिकिँदै गर्दा दर्शकसँग नजिकबाट साक्षात गर्न मोफसल केन्द्रिय प्रचारलाई अघि बढाउने क्रममा ’ब्ल्याक’ टिम यतिबेला मोफसल यात्रामा छ । सोमबार बिर्तामोड र दमक पुगेको टिमले मंगलबार इटहरी र धरान, बुधबार हेटौंडा, बिहिबार चितवन र शुक्रबार बुटवलहुँदै पोखरा पुगेर स्थानिय सञ्चारकर्मी तथा दर्शकसँगको साक्षात्कारपछि आफ्नो यात्रा टुङ्ग्याउने छ । 
मौनता श्रेष्ठको कथामा बनेको फिल्मका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् । फिल्ममा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, प्रिया रिजाल, धिरेन शाक्य लगायत लिड रोलमा छन्