सिने नगरीमा कन्ट्रोभर्सी क्विनको रूपमा चिनिन्छिन् अभिनेत्री पूजा शर्मा । चलचित्र ‘प्रेमगीत’ रिलिज पश्चात् पूजा र नायक प्रदीप खड्काको बिग्रिएको सम्बन्धले मिडियामा निकै स्थान पायो । त्यो बेला पूजाले मिडियामा खुलेर नै प्रदीप माथि रिस पोख्थिन् । गत वर्ष पूजाको म यस्तो गीत गाउँछु र प्रदीपको प्रेम गीत २ रिलिज समयमा यी दुईको सम्बन्ध पानी बाराबार जस्तै भएको थियो । यो वर्ष पूजाको रामकहानी र प्रदीपको रोजी एकै दिन भदौ २२ गते रिलिजको तयारीमा रहेको छ । यति बेला पूजाले प्रदीपको रिस भने चलचित्र विकास बोर्डकी अध्यक्ष निकीता पौडेल माथि थुपारेकी छिन् । गोपीकृष्ण मुभिजको ब्यानरबाट रोजी निर्माण भएको हो । गोपीकृष्ण निकिताको भएपछि पूजाले फेसबुकमा स्टाटस राख्दै निकिता माथि आक्रोश पोखेकी हुन् । यस्तो छ उनको स्टाटस् :
विकाश बोर्ड अध्यक्ष , निकीता पौडेल ज्यू ,
विकाश बोर्ड जस्तो संस्था जुन नेपाली चलचित्रको विकाश र नेपाली चलचित्र कर्मीको हकहित को लागी सर्वश्रेष्ठ संस्था हो, त्यस्तो संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा बस्नु भएको छ, नेपाली चलचित्र क्षेत्रको अध्ययन, योगदान र विकास को ठुलो ठुलो भाषण र मन्तव्य दिनुहुन्छ ! चलचित्र विकास बोर्ड को महिला अध्यक्ष भनेर चलचित्रकर्मीको सहयोग र सीम्प्याथी पनि लिनुहुन्छ , तर एउटा यस्तो संस्थाको अध्यक्ष भएर चलचित्र कर्मी लाइ साथ र सहयोग गर्दै सबैलाई मिलाएर चलचित्र को विकासमा ध्यान दिनु भन्दा एउटा महिलाले नै निर्माण गरेको चलचित्र सँग जुधाएर कुन चाहिँ विकासको लागी लड्दै हुनुहुन्छ ? तपाइले मेरो चलचित्र “रामकहानी“ सँग जुधाउनु पर्छ भनेर गरेको प्लान बारे पनि जानकारी पाइसकेको छु ! यो कस्तो चलचित्र को विकास गर्दै हुनुहुन्छ ?
जबकि तपाईँलाई थाहा छ मैले (६) महिना पहिलै भदौ २२ गतेको दिन रामकहानी को प्रदर्शन गर्दैछु भनेर ! तर पनि यसरी जुध्न आउनु राम्रो हो र?
मेरो चलचित्र सँगै तपाइले आफ्नो चलचित्र रिलिज गर्नुमा मलाइ कुनै आपति होइन तर तपाइ जुन संस्थामा बसेर चलचित्र को विकास को कुरा गर्नु हुन्छ त्यो कुरामा आपति हो , अध्यक्ष ज्यूको सोच प्रति आपती हो !!
यो त चलचित्रको विनाश भएन र ?
जय नेपाली सिनेमा र जय रामकहानी