आफ्नो ६० औँ जन्मदिनको अवसरमा कलाकार किरण केसीले नयाँ चलचित्र ‘दाल भात तरकारी’को घोषणा गरेका थिए । चलचित्र शत्रु गतेको सफलता पनि घोषणा गरिएको दाल भात तरकारीमा नायक पुष्पल खड्का र नायिका स्वस्तिमा खड्का रहने चर्चा सिने नगरीमा चल्न थालेको छ । किरण केसीका सुपुत्र सदन केसीको निर्देशन रहने उक्त चलचित्रको छायाङ्कन भदौबाट सुरु गरिने निर्माण पक्षको तयारी रहेको छ । बुझिए अनुसार यही चलचित्रको लागी नायक पुष्पल खड्का यति बेला वर्कसपमा गर्दै छन् । त्यस्तै बिहीबार नायिका स्वस्तिमा खड्काले एक फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । किरण केसी र हरिवंश आचार्यसँग राखिएको उक्त तस्बिरले यो चलचित्रमा स्वस्तिमा रहने सम्भावना अझ प्रबल बनाएको छ । तर हाल सम्म स्वस्तिमाले यो प्रोजेक्टलाई साइन गरेकी छैनन् । पछिल्लो समय निकै व्यस्त छिन् स्वस्तिमा । दुई चलचित्र नाई न भन्नु ल ५ र जय भोले रिलिजको सँघारमा छ भने आज शुक्रवारबाट स्वस्तिमाको मुख्य भूमिका रहेको ‘बुलबुल’को छायाङ्कन सुरु भएको छ ।