गायिका एलिना बिष्टको स्वरमा रहेको नयाँ गीत 'छोएर मलाइ' बोलको गीत सार्वजनिक भएको छ। गीतमा एलिनालाई हर्कुलस बस्नेत र उनको व्याण्डले साथ दिएको छ। सन्तोष पोख्रेलको शब्द रहेको गीतमा हर्कुलस बस्नेतको संगीत रहेको छ।

जापानमा बसेर नेपाली गीतमा रुची राख्ने एलिनाको नयाँ गीतले राम्रो प्रतिक्रिया बटुलिरहेको छ। बिशेष गरि गीतको कन्सेप्ट र गायन पक्षलाई धेरैले रुचाएका छन्। जापानमा रहेकी एलिनाको यो तेश्रो गीत हो। यसअगाडी उनले रहरहरु र होप बोलको २ वटा गीत बजारमा ल्याएकी छिन्।
केहि फरक किसिमको भिडियो बनाउने कोशिस गरेको एलिनाले प्रतिक्रिया दिएकी छिन्। भिडियोमा ब्रायन राईको छायाँकन र विनय कंसाकारको सम्पादन रहेको छ।