चलचित्र क्षेत्रमा दुई वर्षा यानिकि वर्षा राउत र वर्षा सिवाकोटीको निकै चर्चा हुने गर्दछ । यी दुईले एकसाथ जस्तो नै चलचित्रमा पाइला टेकेका हुन् । अझ चलचित्र भन्दा बढी यी दुवै नायिका म्युजिक भिडियोमा जमेका मोडल हुन् । युवा पुस्तामा यी दुईको आफ्नै फ्यान फलोइङ रहेको छ । तर मिडियामा भने यी दुई वर्षाको सम्बन्ध राम्रो नरहेको भन्दै गसिप बन्ने गर्छ ।

चलचित्रमा पनि यी दुईको टकराब देख्न सकिन्छ । हाल प्री प्रोडक्सनको काम भइरहेको चलचित्र ‘गोपी’मा केही दिन अघि नायिका वर्षा सिवाकोटी फाइनल भएकी थिइन् । गोपीमा वर्षा अघि नै अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्त फाइनल भइसकेका छन् । बुझिए अनुसार वर्षा सिवाकोटीलाई गोपीमा अनुबन्धन भएको पारिश्रमिक पनि दिइसकिएको थियो । तर यति बेला उक्त चलचित्रबाट वर्षा सिवाकोटी आउट भएर अर्की नायिका वर्षा राउतको इन भएको छ । वर्षाले केही समय अघि सामाजिक सञ्जाल इन्टाग्राममा चलचित्र ‘गोपी’को स्किृप्ट पढेको भिडियो राखेकी थिइन् । प्राप्त जानकारी अनुसार वर्षाले गोपी साइन गरिसकेकी छिन् । भदौ एकबाट छायाङ्कन सुरु हुने चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दै छन् भने श्रीधर पौडेल यसका कार्यकारी निर्माता हुन् ।