चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्रमा नव–नायक धिरज मगर फिचर रहेका ‘लन्डनमा’ बोलको मंगलबार युट्युबमार्फत सार्वजनिक भएको हो । गीतमा सुजिल कर्मचार्यको शब्द र स्वर रहेको छ । यो

चलचित्रलाई चर्चित कोरियोग्राफर रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन् । चलचित्रमा धिरजको साथमा साम्राज्ञी राज्यलक्ष्मी शाह, दिल भुषण पाठक, रुवी राना, विजय लामा, शारुक ताम्राकार, सुनिता ठाकुर श्रेष्ठ लगायतका कालकारको अभिनय रहेको छ । चलचित्रलाई प्रभु सम्शेर रना र प्रज्ज्वल शमशेर रानाले निर्माण गरेका छन्।  चलचित्र असोज ५ गतेबाट रिलिज हुँदैछ।