निर्देशक हेम राज बिसीको निर्देशन रहेको चलचित्र ‘द ब्रेकअप’को छायाङ्कन सकिएको छ । चलचित्र युनिटले सोमबार राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको घोषणा गरेको छ ।

‘द बे्रकअप’ पार्टीमा आशिरमानलाई बधाई दिन पुगिन् आना

नेपाल र अस्ट्रेलियामा छायाङ्कन गरिएको चलचित्रको सोमबार आयोजना भएको इन्डक्ल्याप पार्टीमा चलचित्रका कलाकारहरू, प्राविधिकहरू र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । यो चलचित्रमा आशिरमान देशराज, शिल्पा मास्के र इक्षा कार्कीको मुख्य भूमिका रहेको छ ।

‘द बे्रकअप’ पार्टीमा आशिरमानलाई बधाई दिन पुगिन् आना

ब्रेकअपलाई निर्माता रोहित अधिकारीले निर्माण गरेका हुन् । तर रोहित चलचित्र छायाङ्कन भइरहन्दा आफू ब्रेकअपबाट निस्किएको घोषणा गरेका थिए । बुझिए अनुसार अस्ट्रेलिया छायाङ्कनको क्रममा निर्माता रोहित अधिकारी र निर्देशक हेमराज बिसी बिच हात हालाहालको सम्म नै पुगेको थियो ।

‘द बे्रकअप’ पार्टीमा आशिरमानलाई बधाई दिन पुगिन् आना

कार्यक्रममा निर्देशक बिसीले स्पष्टीकरण दिँदै आफूहरू बिच सहमतिमा नै छुटिएको बताएका थिए । चलचित्रको इन्डक्ल्याप पार्टीमा नायिका आना शर्मा पनि पुगेकी थिइन् । कार्यक्रमभर आना र आशिरमानको निकै निकट देखिएका थिए । उनीहरूले एकसाथ ‘ग्याङस्टर ब्लुज’मा काम गरेका थिए ।  
 

‘द बे्रकअप’ पार्टीमा आशिरमानलाई बधाई दिन पुगिन् आना