चलचित्र ‘शत्रु गते’को सफलता पश्चात् मह सञ्चार र किरण केसी मिलेर नयाँ चलचित्र ‘दाल भात तरकारी’को औपचारिक घोषणा गरिएको छ । केही समयअघि कलाकार किरण केसीले आफ्नो जन्मदिनमा चलचित्र दाल भात तरकारीको अनौपचारिक घोषणा गरेका थिए । उक्त समय चलचित्रमा को –को ? कलाकार हुनेछन् बताइएको थिएनन् ।बुधवार राजधानीमा आयोजित एक कार्यक्रम बिच भने चलचित्रको कलाकार र प्राविधिकहरूको घोषणा गरिएको थियो । यो चलचित्र मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, किरण केसी, शिव हरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बँदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी र अनुरागमान सिंह कुँवर लगायतका कलाकारहरूको अभिनय रहने छ । यही आउँदो मसिंरबाट छायाङ्कन सुरु हुने चलचित्र आउँदो नयाँ वर्षको अवसर पारेर वैशाख १३ गते रिलिज हुने भएको छ । चलचित्रमा कथा, पटकथा र संवाद हरिवंश आचार्यको रहेको छ । यो चलचित्रमा निर्माताको रूपमा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिव हरी पौडेल, राजाराम पौडेल, दीर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बँदेल, विल्सनविक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली रहेका छन् । चलचित्रमा छायाङ्कन दीर्घ गुरुङको रहने छ भने कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् ।