चलचित्र ‘बाँध मायाले’को पहिलो गीत सार्वजनिक भएको छ । आँउदो असोज ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको शिर्ष गीत बुधबार रिलिज गरिएको हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रम बिच ‘बाँध मायाले’ बोलको गीत सार्वजनिक गरिएको थियो । गीतमा अर्जुन पोखरेलको संगीत, शब्द रहेको छ । गीतमा स्वर सुगम पोखरेल र अन्जु पन्तको रहेको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारद्धय आर्यन अधिकारी र श्रृष्टि श्रेष्ठ रोमान्टिक मुडमा देखिएका छन् । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । 

सविर श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘बाँध मायाले’मा आर्यन र श्रृष्टिको अलावा राजाराम पौडेल, रविन्द्र प्रतास सेन, विशाल चाम्लिंगको अभिनय रहेको छ  । रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको चलचित्रमा महेन्द्र अधिकारी र केदार धिताल सह निर्माता हुन् ।