यही भदौ २२ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘रामकहानी’ पछिल्लो समय निकै चर्चामा रहेको छ । चलचित्र भित्रका कलाकारहरू देखि गीत–सङ्गीत र यसको ट्रेलरले दर्शकमा एक प्रकारको कौतुहलता जगाएको छ ।
सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको ट्रेलरमा कमेडी, सस्पेन्स र प्रेमलाई स्थान दिइएको छ । तर, चलचित्रको छायाङ्कनको क्रममा पर्दा पछाडि निकै रमाइलो भएको अनुभव यसको टिमसङ“ग छ ।
चलचित्रका मुख्य कलाकार केदार घिमिरेले २५ हजार खर्च गरेर खसी काटेर खुवाएको खबरले पनि चर्चा पाएको थियो ।
निर्देशक थापा भन्छन्–‘एउटा चलचित्र निर्माण हुनका लागि सय भन्दा बढी सदस्यहरूको मिहिनेतले काम गरेको हुन्छ । यसैले पनि चलचित्रको पर्दा पछाडिका दुःख र सुख आफैमा संझनलायकका हुन्छन् ।
सुदर्शन थापा र उनको टिमसङ“ग काम गर्दाको अनुभव लामो समयसम्म याद गर हुने अनुभव केदार, जितु, विल्सन, रविन्द्र लगायतको छ । ‘छक्का पन्जा’ ब्रान्डस“ग जोडिएर काम गरिरहेका केदार र जितु पहिलो पटक बाहिरी ब्यानरको चलचित्रमा देखिदैछन् । तर, उनीहरूले यो चलचित्रको टिमलाई पनि आफ्नै परिवार भनेका छन् ।