बलिउडकी हट अभिनेत्री सन्नी लियोनीले नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छिन् । ‘पासवर्ड’ नामक चलचित्रमा सन्नी फाइनल भएकी हुन् । बलिउड र नेपाली चलचित्रको सहकार्यमा बन्न लागेको चलचित्रको सम्पूर्ण छायाङ्कन भने लन्डनमा हुने भएको छ । यो चलचित्रमा सन्नीको साथमा केही नेपाली कलाकारहरुपनि देखिने भएका छन् । चलचित्रमा अनुप विक्रम शाही, नायिका छुल्ठिम गुरुङ, रविन्द्र झा, प्रवीण खतिवडा लगायतका कलाकारहरू देखिने भएका छन् । यस विषयमा अभिनेता अनुप विक्रम शाहीसँग बुझ्न खोज्दा उनी भन्छन् ‘यो चलचित्रको लागी साइन भइसकेको छ । चलचित्रमा सन्नीको अहम भूमिका रहेको छ । उनको एक आइटम गीत पनि छ । तर कस्तो भूमिका हो खुलाउन मिल्दैन । ’ अनुपको अनुसार चलचित्र छायाङ्कनको लागी यो टिम केही दिनमै लडण्न उडदैछ । चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । चलचित्रलाई निर्माण भने हिराल जाेशी र अमित बस्नेतले संयुत्तरुपमा गर्दैछन् ।