गत वर्षको सुपर हिट चलचित्र ‘२ रुपैयाँ’ टिमले बनाउन लागेको नयाँ चलचित्र ‘डामाडोल’मा नायिका वर्षा राउत फाइनल भएकी छिन् । २ रुपैयाँको सफलता पछि यो टिमले केही समय अघि डामाडोल बनाउने घोषणा गरेको थियो । उक्त समय चलचित्रमा नायिकाको रूपमा स्वस्तिमा खड्का रहने खबर बाहिरिए पनि यति बेला निर्माण टिमले वर्षालाई फाइनल गरेको हो । यो चलचित्रलाई असीम शाहले निर्देशन गर्दैछन् । चलचित्रमा निश्चल बस्नेत र आशिफ शाहको मुख्य भूमिका रहनेछ । चलचित्रको यति बेला प्री–प्रोडक्सनको काम भइरहेको छ ।