सुपर हिट सिरिजको रूपमा हेरिएको चलचित्र ‘नाई नभन्नु ल’को पाचौँ भाग आजबाट प्रदर्शनमा आएको छ । विकास राज आचार्यको निर्देशनमा बनेको चलचित्रले शुक्रवार बिहान विशेष सो आयोजना गरिएको थियो । विशेष सोमा चलचित्रमा युनिट सहित सञ्चारकर्मी र कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो । चलचित्रमा प्रियंका कार्की, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सेड्रिना शर्मा, निरुता सिंह, दिलीप रायमाझी, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । लभ स्टोरीमा बनेको पारिवारिक चलचित्र नाई न भन्नु ल ५ हेरिपश्चात निर्देशक तथा अभिनेत्री दिपाश्री निरौलाले निकै राम्रो चलचित्र बनेको भन्दै तारिफ गरेकी थिइन् । उनी आँसु पुस्दै हल बाहिर निस्किएकी थिइन् ।