युवापुस्तामा अध्याधिक फ्यान फलोइङ बनाएका अभिनेता हुन् अनमोल केसी । डेव्यु चलचित्र देखि अहिलेसम्म आइपुग्दा उनी अभिनीत कुनै पनि चलचित्र फ्लप भएका छैनन् । सोही कारण पनि अनमोललाई बक्स अफिसको राजा भनिन्छ । चलचित्र होस् या कुनै कार्यक्रम अनमोलको डिमान्ड निकै हुने गर्दछ । तर अनमोल स्टेज कार्यक्रममा खासै देखिँदैनन् । शनिवार पहिलो पटक बुटवलमा आयोजित ‘अनमोल इभ’मा उनी उत्रिएका थिए । पहिलो पटक स्टेजमा उत्रिएका अनमोलले आफ्नै चलचित्र कृको ‘यति यति पानी गङ्गा रानी’नाचेका थिए । आयोजकका अनुसार ५ हजार बढी दर्शकहरू कार्यक्रम हेर्ने उपस्थित भएका थिए ।
अनमोलले स्टेजमा आफ्नो चलचित्रको गीतहरू गाएको थिए । उक्त कार्यक्रममा अनमोलको साथमा अभिनेत्री प्रियंका कार्कीले पनि धमाकेधार प्रस्तुति दिएकी थिइन् । साथै अभिनेता भुवन केसी र अभिनेत्री झरना थापा पनि कार्यक्रममा उपस्थित थिए ।
बिना पारिश्रमिक कार्यक्रममा पुगेका अनमोलले यो कार्यक्रमबाट उठेको रकम नेपाल नेत्रहिन महिला सङ्घलाई उपलब्ध गराउदैँछन् । मोनिका इन्टरनेशनल ग्रुपको आयोजनामा आयोजित यो कार्यक्रम बुटवलसँगै पोखरा, चितवन र बिर्तामोडमा हुने छ ।