हरेक वर्ष रेडियो अडियोको आयोजनामा हुँदै आइरहेको गाईजात्रा विशेष कार्यक्रममा सम्पन्न भएको छ । सोमबार गाईजात्राको अवसरमा राजधानीको बानेश्वरमा आयोजना गरिएको कार्यक्रममा दर्जन बढी हास्यकलाकार र चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा दीपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, केदार प्रसाद घिमिरे, पूजा शर्मा, किरण केसी, आकाश श्रेष्ठ, अनुभव रेग्मी, सेड्रिना शर्मा लगायतका कालकारको उपस्थिति रहेको थियो । कार्यक्रममा कलाकारहरूले दर्शकलाई नाच्दै, गाउँदै, हसाउदै मनोरञ्जन दिएका थिए ।