एक समय म्युजिक भिडियोमा जमेकी नायिका हुन् प्रकृति श्रेष्ठ । ‘हनि बनी’ नामक गीतमा नायक पल शाहसँग अभिनय गरेकी प्रकृतिको करियरको सुरुवात त्यही गीतबाट भयो । त्यस लगतै उनले दर्जनौँ गीतमा अभिनय गरिसकेकी छिन् । ‘होस्टेल’ मुभिबाट सिने जगतमा पाइला चालेकी प्रकृतिले  ‘उत्सव’, ‘जिन्दगी रक्स्’ चलचित्रमा काम गरिसकेकी छिन् । म्युजिक भिडियो र चलचित्रबाट चर्चामा रहँदै गर्दा उनी करिब तिन वर्ष अघि सुदिप न्यौपानेसँग विवाह बन्धनमा बाँधिएर अस्ट्रेलिया पलायन भइन् । उनी केही समयता अस्ट्रेलियामा नै बस्दै आएकी छिन् । तर अस्ट्रेलियामा रहन्दा पनि आफूलाई अभिनयले सधैँ तानेको उनी बताउँछिन् । केही समयको लागी नेपाल फर्किएकी प्रकृति राम्रो कथाको खोजीमा छिन् । भन्छिन् ‘टाढा भएपछि आफूले गरेको कामको सम्झना निकै आउँदो रहेछ । लगातार काम गरिरहेको कारण केही समय ब्रेक लिएको थिए । अब फेरी राम्रो कथा पाए काम गर्न मन छ । ’ उनी आफू राम्रो कथाको प्रतीक्षामा रहेको बताउँछिन् । ‘अफरहरू आइरहेका छन् तर फाइनल भइसकेको छैन । ’