‘जोनी जेन्टलम्यान’बाट चलचित्र निर्देशकको यात्रा सुरु गरेका नितिन चन्दले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । नयाँ कलाकारहरूलाई साथमा लिएर नितिनले ‘गीत गजल’ बनाउन लागेका हुन् । यो चलचित्रबाट नयाँ कलाकारद्धय रूप पोखरेल र आरोही सिंह चलचित्र क्षेत्रमा डेव्यु गर्दैछन् । विगत बजेटमा निर्माण हुने सिनेमालाई आरोहण क्षेत्रीले निर्माण गर्दैछन् । लभ स्टोरी जनरामा निर्माण हुने सिनेमाको लागी मुख्य दुई कलाकार फाइनल गरिए पनि अन्य कलाकार छनोटको चरणमा रहेको निर्माता आरोहण क्षेत्रीले बताए ।
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा अर्जुन पोखरेलको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायाङ्कन रहेन छ । भने सिनेकाको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहने छ । गीत गजलको भाद्रको अन्तिम साताबाट छायांकनमा जाने गरी अहिले धमाधम प्री(प्रोडक्सनको काम भइरहेको छ ।