चलचित्र 'अनुराग'को ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री एलीजा गौतम र नायक समुन्द्र पण्डितको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर बिहीबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा एलीजा र समुन्द्र बिचको प्रेम, बिछोडको कथालाई देखाइएको छ । चलचित्रलाई सत्यराज चौलागाइले निर्देशन गरेका हुन् l समुन्द्र र एलीजाको अलवा चलचित्रमा ठिलेंन लामा, सरोज खनाल, रुपा राणा, राजाराम पौडेल, शिशिर राणा, मोहन निरौला, विश्व बस्नेत लगायतको अभिनय रहेको छ l
अनुरागमा किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा रहेको छ l ऋषि धमला प्रस्तुतकर्ता रहेको चलचित्रलाई एलिजा गौतमले निर्माण गरेकी हुन् भने चलचित्रमा भरत गौतम र गीता भेटवालको पनि लगानी रहेको छ । चलचित्र असोज १२ बाट प्रदर्शनमा आउने छ l