नायक अनमोल केसी र नव नायिका सुहानf थापाको मुख्य भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ३’को शुभमुर्हत गरिएको छ । शनिवार चलचित्रका निर्माण टिमहरू सहित पोखरामा पूजा गर्दै शुभमुर्हत गरिएको थियो । शुभमुर्हतमा चलचित्रका मुख्य कलाकारद्धय अनमोल र सुहाना साथमा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाको उपस्थिति रहेको थियो । शनिवार साँझ पोखरामा आयोजना हुने ‘अनमोल इभ’मा सहभागी हुन अनमोल शुक्रवार नै पोखरा पुगेका थिए । त्यस्तै निर्देशक झरना थापा र नव नायिका सुहाना थापा केही दिन अघि देखि पोखरामा नै थिए । चैत्र २९ गते प्रदर्शन मिति तय गरेको चलचित्र ए मेरो हजुर ३को छायाङ्कन भने अर्को साताबाट सुरु हुने बताइएको छ ।