अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र ‘रोज’को प्रदर्शन मिति नजिकिँदो छ । यति बेला यो चलचित्र टिम देशको मुख्य मुख्य सहरहरूमा प्रमोसनको लागी पुगिरहेको छ । केही दिन अघिबाट सुरु भएको चलचित्रको देश दौडहाको क्रममा यति बेला इटहरीमा पुगेको छ । रोज टिमले यस अघि पोखरा, बुटवल र चितवनमा प्रमोसन कन्सर्ट सकाइसकेको छ । जहाँ चलचित्रका नायक प्रदीप खड्का र नायिकाद्धय परमिता राणा र मिरुना मगरको लोभलाग्दो फ्यान फलोइङ देख्न पाइएको थियो । नायक प्रदीप खड्काको लागी देश दौडहा प्रमोसन नयाँ होइन । यसअघिका चलचित्र रिलिजको क्रममा पनि प्रदीप मोफसलमा आयोजना भएको कन्सर्टमा पुगेका थिए । तर नायिकाद्धय परमिता राणा र मिरुना मगरको लागी भने नयाँ हो । सोही कारण हुन सक्छ उनीहरू प्रमोसन कन्सर्टमा निकै रमाइरहेका थिए ।
चलचित्र रोज यही साता भदौ २२ गतेबाट प्रदर्शन हदैँछ । चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन् । क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रमा पहिलो पटक प्रदीप फरक जनरामा देखिन लागेका हुन् ।