अभिनेता अनमोल केसीको नयाँ चलचित्र ‘ब्याचलर बन्टी’मा नयाँ नायिकाले डेव्यु गर्ने भएकी छिन् । मिस एसिया २०१७ को बिजेता साथै मोडल उकुसा गिरीले चलचित्रमा डेव्यु गर्ने भएकी छिन् । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्रमा उकुसा गिरी फाइनल भएको निर्माण पक्षले मङ्गलवार जानकारी दिएको हो । कमेडी लभ स्टोरी जनरामा बन्न लागेको यो चलचित्रलाई सुदिप खड्काले निर्माण गर्दै छन् । सुदिप खड्का प्रोडक्सन र चाम्स इम्टरटेमेन्टको प्रस्तुति रहेको चलचित्र यही आउँदो दसैँ लगत्तै छायाङ्कन हुने निर्माण पक्षले बताएको छ । चलचित्रको छायाङ्कन युरोपको विभिन्न स्थानमा हुने छ । यति बेला अनमोल ‘ए मेरो हजुर ३’को छायाङ्कनमा व्यस्त हुदैँछन् ।