चर्चित हाँस्यकलाकार जितु नेपाल प्रबल जनसेवा श्री सम्मानबाट सम्मानित भएका छन् । जितु नेपाललाई  मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट यो सम्मान प्रदान गरिएको थियो । 

राष्ट्रपतिको हातबाट जितु नेपाललाई प्रबल जनसेवा श्री सम्मान

‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा तपाई बाट भएको उल्लेखनीय योगदानको सम्मान स्वरूप प्रबल जनसेवा श्री द्वारा विभूषित गरिएको छ’, प्रधानमन्त्री के.पी. शर्मा ओली र विभूषण समितिका अध्यक्ष ईश्वर पोखरेलद्वारा हस्ताक्षरित सम्मान पत्रमा उल्लेख छ । पछिल्लो समयका व्यस्त कलाकारमा जितुको नाम अगाडी आउँछ । नेपाल टेलिभिजनबाट प्रसारित टेलिश्रृखंला जिरे खुर्सानीबाट मुन्द्रेको रूपमा चर्चा कमाएका जितु हाल चलचित्रमा व्यस्त छन् । उनी सफल सिरिज ‘छक्का पन्जा’का कलाकार र निर्माता हुन् । उन अभिनीत नयाँ चलचित्र ‘रामकहानी’ यही शुक्रवारबाट प्रदर्शन हुदैँछ ।