अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुुष्मान देशराज जोशीले ‘ब्राण्डेड इसप’को सुरुवात गरेका छन् । दरबारमार्गमा निरा जोशीले सञ्चालनमा ल्याएको उक्त ब्रान्डेड सपको सुरुवात बुधबार प्रियंका र आयुष्मानले केक काटेर सुरुवात गरेका थिए ।
त्यस्तै उपसभामुख शिवमाया तुम्बाहाम्फेले रिवन काटेकी थिइन् । ‘ब्राण्डेड सप’मा वश्वको शिर्ष चालिसमा पर्ने ब्राण्डेड पर्फियुमहरु र ब्राण्डेड मेकअप सेटहरु उपलब्ध छन् ।
ब्राण्डेड सपकी सञ्चालिका भन्छिन् ‘पहिलो पटक नेपालमा हामीले विश्वका टप ब्राण्डहरु एकसाथ ल्याउने प्रयत्न गरेका छौ । प्राय ब्राण्डेड सामानहरु नेपालमा थोरै मात्र आइरहेका हुन्छन् । हाम्रो टिम सकेसम्म सबै ब्राण्डेड सामानहरु ल्याउने कोशिषमा छौ ।
उक्त सपमा बुधबार दिनभर जसो सेलिव्रटीको आवातजावत रह्यो । नायिका बर्षा राउत, वेनिशा हमाल, गत सालकी मिस नेपाल निकिता चन्दक, म्यान हन्ट नेपाल २०१८ साजिद अलाम लगायत सेलिब्रेटीहरु उक्त सपमा पुगेर निरालाई शुभकामना दिएका थिए ।
तस्बिर :शैशब किशोर श्रेष्ठ