चलचित्र ‘जय भोले’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । कमेडी संवादले भरिपूर्ण ट्रेलरमा प्राय कलाकारलाई फरक रूपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा कलाकारहरू खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारहरू फिचर छन् । ट्रेलरमा स्वस्तिमा पाउनको लागी सौगात, खगेन्द्र र सलोन बिचको रमाइलो द्धन्द्धलाई देखाइएको छ ।
अशोक शर्माको निर्देशनमा बनेको चलचित्रमा किरण शर्मा, कृति शर्मा, अङ्कित शर्माको लगानी रहेको छ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाङ्कन, खगेन्द्र लामिछानेको कथा, राजनराज सिवाकोटीको सङ्गीत, वसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । यो चलचित्र आउँदो दसैँमा रिलिज हुने तयारीमा रहेको छ ।